२ भाद्र २०७९, बिहीबार

“सबरीमाला”मा अब महिलाहरुलाई पनि प्रवेश दिइने

भारतको सर्वोच्च अदालतले दक्षिण भारतीय राज्य केरलास्थित सबरीमाला मन्दिरमा प्रवेश गर्न महिलालाई निषेध गर्न नहुने फैसला सुनाएको छ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो।सो परम्पराबाट लैङ्गिक भेदभाव भएको भन्दै एउटा मुद्दा परेपछि अदालतबाट सो आदेश आएको हो।

रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कृत्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न पाउँदैनन्। रजस्वला नभएका महिलाले अधिकांश मन्दिरमा प्रवेश पाउने भए पनि सबरीमाला र अन्य केही मन्दिरमा भने निश्चित उमेरका महिलाहरूलाई प्रवेश गर्नै दिइँदैनथ्यो।

शुक्रवार निर्णय सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ‘प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ‘धर्मको अनुसरण गर्ने अधिकार महिला पुरुष दुवैलाई भएको’ बताएका छन्।

सबरीमाला भगवान् अयप्पाको मन्दिर हो। उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ। दैनिक दशौंहजारले दर्शन गर्ने उक्त मन्दिरका भगवान अयप्पा ब्रह्मचारी भएकाले यस्तो परम्परा प्रचलनमा रहेको त्यहाँका पुजारीहरुले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख