५ आश्विन २०७९, बुधबार

२०७६ सालमा सार्वजनिक बिदा १३ दिन थप गरिने (तालिका सहित)

२०७६ सालका लागि थप गरिने प्रस्तावित सार्वजनिक बिदाहरूका विवरण पेश गर्न गठित क्याबिनेट कमिटीले १३ दिन बिदा बढाउने प्रस्ताव गरेको छ ।

क्याविनेटले थप गर्न प्रस्ताव गरेको सार्वजनिक विदाहरुमा किराँत चाड उभौली र (बुद्ध पूर्णिमा) उधौली (२ दिन), ईदुल फित्र, बकरइद र मोहम्मद जयन्ती (३ दिन), क्रिसमस (१ दिन), तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार (३ दिन), छठ पर्व (१ दिन), ऋषि पञ्चमी (महिलाहरुलाई मात्र) (१ दिन), माघी पर्व (१ दिन) र जनै पुर्णिमा (१ दिन) गरी १३ दिन रहेको छ ।

२०७५ सालको सार्वजनिक विदा भने यथावत नै रहनेछ । उक्त क्याविनेटले माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म शुक्रबारको कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख