२ भाद्र २०७९, बिहीबार

हाच्छिउँ सम्बन्धी केही रोचक तथ्यहरु : 

*मानिस बाहेक अन्य विभिन्न जीवजन्तूले पनि हाच्छिउँ गर्ने गर्दछन् ।

* नाक भित्र रहेका खराब पदार्थ सबै एकै पटक बाहिर निस्कन नसक्ने कारणले हाच्छिउँ चार पाँचपटकसम्म पनि लगातार आउन सक्छ ।

* विश्वका धेरै समाजमा शुभ कार्यको सुरु गर्दा हाच्छिउँ आउनुलाइ अशुभ मानिन्छ यद्यपि विज्ञानले यसलाई पुष्टि गरेको पाइदैन ।

* हाच्छिउँ गर्दा निस्कने श्वास एवं धुवाँ धुलोका कणहरुको गति १०० माइल प्रतिघन्टासम्म पुग्न सक्छ।

* हाच्छिउँको आवाज महिलाको भन्दा पुरुषको प्रायः दोब्बरभन्दा बढी चर्को हुने गर्दैछ ।

* हाच्छिउँ गर्दा निस्कने विभिन्न किटाणुहरु २० मिटरको व्यासको क्षेत्रसम्म फैलन सक्छन् ।

* हाच्छिउँ रोक्नु स्वास्थ्यका दृष्टिकोणले समते हानिकारक मानिन्छ । सफा कपडाले नाकमुख छोपेर हाच्छिउँ गर्दा फ्लुजन्य रोगहरु फैलने जोखिम धेरै हदसम्म कम हुन्छ ।

* हाच्छिउँले शरीरका विभिन्न प्रणालीको पुनर्ताजगी हुन्छ र शरीरमा पुन: स्फुर्ति ल्याँउछ।

*गर्मी याममा भन्दा चिसो याममा करिब अढाई गुणा बढी हाच्छिउँको सम्भावना रहन्छ ।

* धुवा, धुलो, चिसो तथा एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

* हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।
* हाच्छिउँ गर्दा मुटुको धडकनको गति केही मात्रामा घट्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख