२ भाद्र २०७९, बिहीबार

समाज सेवा डाेटीकाे २८ औ महाधिबेशन शुरु

डाेटी, राेजेन्द्र जाेशी- डाेटीकाे सबैभन्दा पुरानाे स्थानिय गैर सरकारी संस्था समाज सेवा डाेटीकाे २८ ‍औ महाधिबेशन शुरु भएकाे छ ।
डाेटीकाे सिलगढीमा रहेकाे संस्थाकाे आफ्नै कार्यालयमा महाधिबेशन उद्घाटन सत्र सुरु भएकाे बताईएकाे छ । संस्थाका अध्यक्ष नवीन श्रेष्ठकाे अध्यक्षतामा सुरु भएकाे महाधिबेशनले नया कार्य समिति चयन गर्ने जनाईएकाे छ ।
२०४७ सालमा स्थानिय युवाहरुकाे सहभागितामा समाजमा रहेका अन्धविश्वास, कुरिति कुसंस्कार, गरिबी, पछेयनैटेपनका साथै विभिन्न खालका समस्याहरुलाइ मिलिजुलि समाधान गर्ने उदेश्य बाेग्दै स्थापना भएकाे उक्त संस्थाले डाेटी जिल्ला मात्र नभई छिमेकि मुलुक भारतमा समेत जनचेतना, सामाजिक विकास, भाैतिक निर्माण लगायतका क्षेत्रमा काम गरेकाे अनुभव बटुलेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख