२ भाद्र २०७९, बिहीबार

आर्मी टिम च्याम्पियन

पुस २१, काठमाडौ,

ललितपुरको भैँसेपाटीमा शुक्रबार सम्पन्न प्रथम एभरेष्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कास्यका साथ आर्मी टिम च्याम्पियन बनेको हो ।

उक्त च्याम्पियनसिपमा १९ स्वर्ण, पाँच रजत र सात कास्य पदक सहित सितापाइला तेक्वान्दो डोजाङ दोस्रो हुन सफल भयो। यसैगरी तेस्रो भएको कोटेश्वर डोजाङले पाँच स्वर्ण र चार रजत प्राप्त गर्‍यो। टिम च्याम्पियन बनेको आर्मी क्लबले नगद एक लाख रुपैया सहित सिल तथा मेड्ल हासिल गर्यो। त्यसैगरी दोस्रो हुने सितापाइलाले तेक्वान्दो डोजाङले रु ५० हजार र तेस्रो भएको कोटेश्वरले रु २५ हजार प्राप्त गर्यो।

उक्त च्याम्पियनशिपमा बाराका सुदीप नेपाली र कोटेश्वरकी सुष्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै सुरेन्द्र खड्गी उत्कृष्ट रेफ्री चुनिए । उनीहरूले जनही रु दस हजार प्राप्त गरे । तीन दिने च्याम्पियनसिपमा सय किलो तौल समूहमा एक हजार दुई सय खेलाडीले प्रतिस्पर्धा गरेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा विजेता हुने टिम तथा खेलाडीहरुलाई प्रतिनिधिसभा सांसद पम्फा भूसाल र नवराज सिलवालले नगद सहित पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख