८ आश्विन २०७९, शनिबार

वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कार्यकक्षमै कालोमोसो

काठमाडौ, पुस २० – नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसाे दलेका छन् ।

वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर क्रान्तिकारी युवा लिगका युवाहरुले कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

वाइडबडी खरिद प्रकरणमा छानबिन गर्दै संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले महाप्रबन्धक कंसाकारसहित सातजनालाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । गृह सचिव प्रेमकुमार राईलाई भने पछि निर्दोष ठहर गरिएको छ ।

सो वाइडबडी विमान खरिदमा भएको भनिएको ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचारमा कंसाकार मुख्य भुमिकामा रहेको भन्दै युवा लिगले उनको कार्यस्थलमै कालोमोसो दलेको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख