२ भाद्र २०७९, बिहीबार

एप्पलको शेयरमा भारी गिरावट

अमेरिकी ग्याजेट निर्माता कम्पनी एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएको छ । ठूला कम्पनीहरु अमेजन, माइक्रोसफ्ट र फेसबुकलाई पछि पार्दै एक हजार अर्ब डरलको आंकडा छोएको एप्पलको शेयर एक्कासि घटेर गइ एकै दिनमा कम्पनीले ७५ अर्ब अमेरिकी डलर गुमाएको जनाइएको छ ।

एप्पलले बुधबार मात्रै सन् २०१८ को पछिल्लो ३ महिनामा अनुमान गरेको भन्दा कम कमाई हुने बताएको थियो । कम्पनीले पहिले ८९ अर्ब अमेरिकी डलरको आम्दानीको अनुमान लगाए पनि बुधबार भने ८४ अर्ब डलर मात्रै हुन सक्ने बताएको थियो । एप्पलका सिईओ टिम कुकले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाई यस्को जिम्मेवार मान्दै शेयर धनिहरुसँग व्यापार युद्ध देखिन थालेको र ग्राहकहरुको भरोसा टुट्दै गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख