१२ आश्विन २०७९, बुधबार

दुर्गेश थापा भन्छन् बिहे नभएकी दिपा श्री निरौला यसपाली ब्याउदै ।

काठमाण्डौ , असोज १० , फिल्म ‘छक्का पन्जा’ सिरिजको निर्देशन गरिरहेकी निर्देशक दीपाश्री निरौला ‘छ माया छपक्कै’ फिल्ममा ‘निर्देशक सल्लाहकार’का रूपमा देखिँदैछिन्। फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेको छन्। फिल्म ‘छ माया छपक्कै’ आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतिमा निर्माण गरेको फिल्ममा रोहित अधिकारी सोलो निर्माता छन्। फिल्ममा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, निर्देशक लामाकै कथा, दीपकराजको पटकथा, दीपक, केदार, जितु र अभिमन्यु निरवीको संवाद छ।

जितु र केदार कार्यकारी निर्माता रहने फिल्ममा सुमन गिरी ‘भान्जा’, ताराचन्द्र बजगाईं ‘निशान’, दीपेन्द्र खनियाँ, केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सह–निर्माता छन्। फिल्मको प्रोमोशन उद्देश्यले दुर्गेश थापाले आफ्नो तिज गित बिच बिचमा को भकामा छ माया छपक्कै को प्रोमो गित गएका छन । गित ले भन्छ माग्ने मुन्द्रे भन्ट्याङ् भुन्टुङ् दिपकराज चाहि बुढो छ,यसपाली त दिपा श्री ब्याउने कुरो छ ।

हेर्नुहोस् पुरै भिडियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख