२ भाद्र २०७९, बिहीबार

सेरेना बनिन् सबैभन्दा बढी कमाउने महिला खेलाडी

विश्व टेनिसको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् सेरेना विलियम्स सन् २०१८ मा पनि सर्वाधिक कमाउने महिला खेलाडी बन्न सफल भएकी छन् । २६ डिसेम्बर १९८१ मा जन्मिएकी उनी महिला टेनिसमा एक दशक भन्दा बढी समययता एकछत्र राज गरिरहेकी छिन् । उनी लामो समय नम्बर १ खेलाडी पनि रहिन् । त्यसैको कारण हो, उनी सन् २०१८ मा पनि सर्वाधिक कमाउने खेलाडी भएकी छिन् ।

सेरेनाको कुल आम्दानी १ करोड ८० लाख डलर रह्यो । उनले यही आफ्नै नाममा फेसन कलेक्सन पनि बजारमा ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख