२५ भाद्र २०७८, शुक्रबार

पैसामा माया [धन सम्पती त पायौ, माया पाइनौ, माया चाहिनौ र त पाइनौ]

प्रेम कथा पैसामा माया यो आखा अनि आशुहरु टिलपिला बग्दै गर्दा, रुनिको भन्दा पटक पटक रुवाउनेको सम्झना आईरहन्छ ।उनको यादमा पगल हुने म उनको यादमा पलपला मर्ने म्, मलाई त केवल उनको समिप्यततामा भन्दा बढी उनलाई मनको बेदना साट्न पटक पटक मन लाग्छ ।
(यो त भयो प्रेम कहाँनी भित्रको एउटा पाटो )

पागलका शब्दहरुले मलाई पटक पटक घोची रहेको थियो, निभ्न लागेको दियोमा मेरो आखा पर्न गएको थियो । त्यहिबेला तिमीलाई मेरा आखा अगाडी देखे अनि मैले निभ्दै गरेको दियोलाई तेल थपेर एकछिन बाल्न खोजे , तेल थप्दा त तिम्र तस्विरहरु आफै हराउन थाले, आखा अगाडिको ति तिम्रा अनुहारहरु हराउन थाले । तिमी चाहन्थ्यौ निभेको दियो जस्तै मेरो जिन्दगी बगिरहोस । तिमी चाहन्थ्यौ अन्धकार मेरो जिन्दगी टिलपिल भइरहोस । धिप धिप जिन्दगी चली राखोस ।

सताउन त्यो बेला आइरखु जुनबेला तिमी पागल जस्तै भाई राखोस । तिम्रो त्यही सम्झाना, तिम्रो त्यही चाहनाले आज पटक पटक मरेर बाचेको छु म । तिमीलाई कहाँ यि शब्दहरुबाट अगाडी बढाउन सक्छु र म ? प्रेम , तिमीलाई लाग्ला यो सरल शब्द , अह पटक्कै लाग्दैन मलाई यो सरल शब्द । प्रेममा पागल लुकेको छ, प्रेममा परिधी लुकेको छ, प्रेममा पछुतो लुकेको छ । प्रेममा परिधी भन्दा बाहिरका पटक पटक चोटहरु लुकेको छ । अनि म यो प्रेम कसरी स्विकार्न सक्छु ? मलाई त यती सम्म दुख लाग्छ नि, तिमी सङ्ग गरेको प्रेम प्रेम नभएर अभिषाप भएको छ ।

म लड्दै गर्दाको यो पाइलामा तिमीले दिएको यो घाउहरु, म बढ्दै गर्दाको यि आधारहरुलाई तिमीले दिएको चोटा हरुको अनि म टिलपिल दियो जस्तै निभ्नलाग्दा तिमीले हौसला भन्दा बढी चोटहरु थातेर तिमीलाई आज मेरा केहि तिता र केहि मिठा शब्दहरु प्रश्तुत गर्दै छु ।

हुनसक्ला तिम्रालागी मेरो यो अन्तिम पत्र , किनकी यो भन्दा बढी म कलम तिम्रालागी चलाउन सक्दिन ।यो भन्दा बढी शब्द तिम्रालागी व्यतित गर्न सक्दिन । तिमीले मेरै काखमा बसेर मेरैलागी भनेका ति शब्द आज मनबाट बहकिन बाध्य भएको छ । तिमीले भनेकी थियौ नि म माया गर्छु तिमीलाई, म सङ्गै मार्चहु तिम्रै भर पर्छु, यस्ता अनेकौ मायाक शब्दहरु मलाई मेरै काखमा टिलपिल, अनि मेरै काखमा लुटुपुटु गरेर बोलेको शब्दहरु आज यि शब्द त केवल मनबाट हैण टिम्रा स्वार्थ बाट उब्जिएको रहेछ ।

तिमीले धन सम्पतिका लागी प्रेम त गर्यौ तर टिकाउन सकेनौ यो प्रेम, सम्पती अनि झुटो प्रेमका लागी तिमीले मलाई प्रयोग गर्यौ ।कती मन दुख्ला मेरो कहिले सोच्यौ ? अह सोचिनौ! किनकी तिमीलाई मेरो माया भन्दा बढी मैले कमाएको सम्पती चाहिएको थियो ।

धन सम्पती त पायौ, माया पाइनौ!
माया चाहिनौ र त पाइनौ!
चाहन्थ्यौ त मैले पटक पटक गरेको मायाको अभिभारा तिमीले बुझ्ने थियौ!
र त्यही नै हुने थियो मेरो सच्चा प्रेम!

मलाई आज पछुतो लाग्छ तिमी देखि, तिम्रो सम्झना देखि, तिम्रो माया देखी मलाई पछुतो लाग्छ । किनकी मैले गरेको माया मैले गरेको पाप आफै प्रती फर्किएको छ । माया नै पाप रहेछ मेरो जिन्दगीमा, माया नै घात रहेछ मेरो जिन्दगीमा र माया नै श्राप रहेछ मेरो जिन्दगीमा ।
पग्लिएका मनहरु बदलिएका आखाहरु अनि आखा भित्र बगिरहेको आशुहरु तिमीलाई उपहार स्वरुप प्रश्तुत गर्दै छु ।

आज ति सम्झा नाहरु मनबाट छचल्किएको छ । आज ति यादहरु मनबाट ढल्किएको छ ।
चाहे टिज आओस चाहे दशै, तिहार या कुनै विशेष पर्व तिम्रा सम्झानाले मलाई पटक पटक हानी रहन्छ । विवाह भन्दा अगाडिको प्रेम, विवाह पश्चात भोगेको प्रेम, अनि सङ्गै व्यतित गरिएको यि जिन्दागिहरु मैले यि शब्दहरु तिमीलाई व्यतित गर्न बाध्य भएको छु आज ।

तिमीलाई थाहा छ प्रेम के हो ? लाग्यो तिमीलाई प्रेम भनेको स्वार्थ । अह कथापी हैन! प्रेम भनेको जिबन हो । दुइ मुटुको मिलन हो ।प्रेम भनेको यात्रा हो ।जिबनमा यात्रा गर्नेले ठेस अनि सङ्गै आशु दुबै बगाउन सक्नु पर्छ । मलाई रुन त आउँदैन तर रुन सिकेको छु, रुएर तिमीलाई देखाउन छोडेको छैन! बाकी तल भिडियोमा हेर्न सक्नुहुन्छ ।

लेखक: कमल सरगम

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख