८ आश्विन २०७९, शनिबार

रहेनन् साहित्यकार नातिबज्र बज्राचार्य

काठमाडौँ- नेपालभाषाका अग्रज साहित्यकार तथा भाषाविद् नातिबज्र बज्राचार्यको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । नेपाल भाषामा आधुनिक कविता तथा प्रगतिवादी प्रवाह ल्याउने कविको रुपमा समेत परिचित बज्राचार्यले साहित्य साधनाका साथै भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्रीवितरण र लेखन क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।

उहाँका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन् । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै शोभा भगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख