२ भाद्र २०७९, बिहीबार

सैनिक प्रवक्तामा यम ढकाल

काठमाडौं, पुस १८– नेपाली सेनाले उच्च अधिकृतहरुको सरुवा गरेको छ । सैनिक स्रोतका अनुसार सेनाले ३ उपरथी र ३ सहायक रथीको काज सरुवा गरेको छ । त्यसैगरी सैनिक प्रवक्ता पनि फेरिएका छन् ।

पूर्वी पृतना इटहरीमा कार्यरत सहायक रथी यम ढकाललाई नेपाली सेनाले प्रवक्ता बनाएको हो। ढकालले अर्को सातादेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी सैनिक प्रतिष्ठान भक्तपुर खरिपाटीमा काज सरुवा भएपछि ढकाललाई सो जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख