२ भाद्र २०७९, बिहीबार

रेडक्रसद्वारा स्थानीय किसानलाई ट्रयाक्टर वितरण

गोरखा, पुस १४- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले साविकका चार गाविसका १२ कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको छ ।भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत गरिएको ट्र्याक्टर वितरण कार्यमा जौवारी, श्रीनाथकोट, गाँखु र हर्मी गाविसका कृषक समूहलाइ ट्याक्टर वितरण गरिएको हो।

बुधवार बिरेन्चोक स्थित शाखाको भण्डारण कक्षमा एक कार्यक्रमको आयोजना गरी शाखाका सभापति भगवान बाबु मास्केले ट्याक्टर वितरण गरे । जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यले ट्याक्टर वितरण गरिएको कार्यालय सचिव सुवास घिमिरेले बताए । समूह छनौटको जिम्मेवारी वडा कार्यालय र रेडक्रसको उपशाखाले लिएका थिए । बितरण गरिएको ट्याक्टरको मूल्य प्रति ट्याक्टर ७५ हजार रहेको घिमिरेले जानकारी दिए ।

गाइको संख्या अत्यन्तै कम भएको र गोरु पाल्ने मानिसहरूको संख्या पनि घट्दै गएकाले गाउँमा गोरु पाउन छाडेको खेति गर्न समस्या भइरहेको बेला हाते ट्याक्टरले खेतिमा सहज हुने किसानहरुको धारणा थियो । ट्याक्टर पाएका किसानहरुलाइ चलाउने विधिबारे करिव तीन घण्टा तालिम पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख