नयाँ वर्षमा जापानी राजाको अन्तिम सम्बोधन

जापानका अत्यन्त लोकप्रिय राजा आकिहितोले पदत्याग गर्नु अगाडि आफ्ना हजारौं शुभचिन्तकसमक्ष भावुक अन्तिम सम्बोधन गरेका छन् । सो सम्बोधनमा उनले सबै शुभचिन्तकहरुलाई शान्ति र सद्भाव कायम गर्न आग्रह गरेका छन् ।
बुधबार बिहान सम्राटको नयाँ वर्ष शुभकामना सम्बोधन कार्यक्रममा ७० हजार भन्दा बढी शुभचिन्तक टोक्यो इम्पेरियल प्यालेस अगाडि भेला भएका थिए ।
पचासी वर्षीय सम्राटको अन्तिम सम्बोधन तथा परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नका लागि टाढाटाढाबाट समेत आम मानिसहरु आएका थिए । उनले ३० वर्षको जनप्रिय शासनपछि आउँदो अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन् ।
‘तपाईँहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशी छु’ सम्बोधनमा उनले भनेका छन् ।