२ भाद्र २०७९, बिहीबार

जाँड रक्सी खाने पैसाले बिमा गर्न धुर्मुस र सुन्तलीको अनुरोध

सक्रिय सामाजिक अभियन्ता तथा कलाकार धुर्मुस सुन्तली आउने कुराले बझाङ जिल्लाको सदरमुकाम र कार्यक्रम स्थलमा मानिसहरूको बाक्लो उपस्थिती देखिन्थ्यो । सबै मानिसहरूका अनुहारमा एक किसिमको उत्सुकता झल्किएको थियो। एकाएक कार्यक्रम स्थलको मञ्चमा सिताराम कट्टेल ( धुर्मुस) र कुन्जना घिमिरे ( सुन्तली ) देखिएपछि दर्शकहरुले उनिहरुलाई गडगडाहट तालीका साथ स्वागत गरे । धुर्मुस र सुन्तलीले हास्यब्यङ्ग्य शैली मार्फत आफ्नो कला प्रदर्शन गरेर दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिए। सडक क्षेत्रमा देखिएका समस्या बारेमा व्यंग्य गर्दै सडकलाई फराकिलो बनाइ सुधार गर्न जरुरी भएको कुरा व्यंग्य मार्फत नै प्रस्तुत गरेका थिए ।

विमा जागरण कार्यक्रम सन नेपाल र लाइफ इन्स्योरेन्सले आयोजना गरेको थियो। कार्यक्रममा सुन्तलीले सम्पुर्ण दर्शकहरुलाई बिमा गर्नुको फाइदाबारे जानकारी गराउनुका साथै जाँड, रक्सी, चुरोट, बिँडी जस्ता स्वास्थलाई हानी पुर्याउने समानमा खर्च गर्ने पैसाले बिमा र गर्न सल्लाह दिइन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख