५ आश्विन २०७९, बुधबार

३ वर्षको अवधिमा ग्रील व्यवसायमा कार्यरत ५३ जनाको मृत्यु

काठमाण्डौ , भदौ २२ , तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको पाइएको छ । 

ग्रील तथा स्टील व्यवसायी महासंघ , नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ती श्रमिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गरेका हुन् । 

आइतबारबाट काठमाण्डौमा सुरु भएको ग्रीलमा कार्यरत श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ग्रील व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि त्यसमा कार्यरत श्रमिकहरुलाई सचेत गराए । 

अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रीलमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्नु परेको स्पष्ट पारे । 

महासंघले ग्रील श्रमिकहरुको सुरक्षाका लागि पनि देशभर यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना पनि तय गरेको छ ।

 अध्यक्ष कटुवालले ग्रीलका कार्यरत श्रमिकहरुको जीवन र उनीहरुले आर्जन गरेका धनको सुरक्षा गर्न पनि महासंघले उनीहरुको जीवन रक्षाका लागि सावधानी अपनाउन सघाउ पुर्याउने उद्देश्यका साथ प्रशिक्षण लगायतका चेतनामूलक कार्यक्रम संचालन गर्ने कामलाई अघि बढाइएको बताए । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख