म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

प्रशिक्षक गुनर सोल्स्जेरको प्रशिक्षणमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकालेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले न्यू क्यासललाई दुई–शून्य गोलले हराउदै चौथो जित दर्ता गरेको छ ।
न्यू क्यासलको घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै पाहुना टिम युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि ८० औँ मिनेटमा मार्कुस रासफोर्डले दोस्रो गोल गरी जितलाई फराकिलो बनाए ।