२ भाद्र २०७९, बिहीबार

रेडक्रस कञ्चनपुरलाई स्थानीय तहको आर्थिक सहयोग

कञ्चनपुर – नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई शुक्लाफाँटा नगरपालिकाले बुधबार एक लाख रुपैयाँको चेक हस्तान्तण गरेको छ। ब्लड बैंक स्थापनानिम्ति रेडक्रस सोसाइटी कञ्चनपुरका सदस्य मधु बोहरालाई नगर प्रमुख दिलबहादुर ऐरले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

स्थानीय जनतालाई निःशुल्क रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई सहयोग गरिएको नगर प्रमुख ऐरले बताए । गत वर्ष नै ब्लड बैंक स्थापनका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता गरेको उनलेे जानकारी दिए । नगर प्रमुख ऐरले भने, ‘प्रतिबद्धताअनुरूप रकम उपलब्ध गराइएको हो ।’

रेडक्रसले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन नगरपालिकासित सहयोगको आग्रह गरेको थियो । आर्थिक अभाव हुनेहरुलाई रेडक्रसले ७७० रुपैयाँ प्रति पोइन्टमा रगत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख