२ भाद्र २०७९, बिहीबार

थ्रीस्टारलाई हराउदै संकटा बन्यो उपविजेता

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटाले बलियो प्रतिद्वन्द्वी मानिएको थ्रिस्टारलाई पराजित गर्दै उपविजेता बनेको छ । लिगको अन्तिम खेल खेल्नुअघि संकटाले बुधबार थ्रीस्टारलाई २–१ ले हराएको थियो ।

पहिलो गोल ३० औं मिनेटमा गर्दै थ्रीस्टारका रञ्जन विष्टले टिमलाई अग्रता दिलाएपनि ४३ औं मिनेटमा संकटाले पेनाल्टी पायो, जसमा अमित तामाङले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफको ६४ औं मिनेटमा पनि संकटाले पेनाल्टी पायो । पेनाल्टीमा अमितले नै गोल गर्दै संकटालाई २–१ को जित दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख