दार्चुलामा एनआईसी एसिया बैंकका दुई शाखा रहित सेवा सुरु

पुस १८ बुधबार,
एनआईसी एसिया बैंकले दार्चुला जिल्लामा दुईवटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
युके एड एक्सेस टु फाइनान्स कार्यक्रमकोे सहकार्यमा शाखा रहित बैंकिङ्ग सेवा दार्चुलाको महाकाली नगरपालिका,वडा नं.–७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा क्रमश पुस १७ र १८ गतेबाट सञ्चालनमा ल्याएको हो ।
धापको शाखा रहित सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरिएको छ भने दत्तुको शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा श्रीकृष्ण सिंह चौैसिर नियुक्त गरिएको बैंक प्रशासनले जनाएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाहरुको महसुल भुक्तानी गर्ने जस्ता सेवा सुविधा प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।