२ भाद्र २०७९, बिहीबार

सडक दुर्घटनामा एक जनाको ज्यान गयो चारजना घाइते

पुस १८, धादिङ –

धादिङको काफलपानीबाट सुनखानीतर्फ जाँदै गरेको बा.४ ख ८६५८ नम्बरको मिनिट्रक दुर्घटना हुँदा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

दुर्घटनापछि धादिङ जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका-१ का ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बताउनु भयो ।

दुर्घटनामा परी घाइते भएका चारै जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख