८ आश्विन २०७९, शनिबार

तीजको विकृतिलाई हटाउन मेरो सुझाव

तपाईं मान्नुस् या नमान्नुस् समाज जति बद्लिँदै छ त्यति नै बिग्रिदैँछ, आफ्नाे चाडपर्व पनि अरुले भनेकाे जसरि मनाउँछन् यहाँ मान्छेहरु । तपाईं गाउँ घरमा देख्न सक्नु हुन्छ । आज पनि त्यहाँका मानिसहरु राम्राे सभ्य अनि पछि आउने पुस्तालाई समेत असर नपर्ने उनिहरुकाे मानसपटलमा राम्राे छाप पर्ने खालकाे शैलिमा चाड पर्व मनाई रहेका छन् ,के उनिहरु पाखे हुन् ? के उनिहरुलाई बद्लिँदाे समाज र बद्लिँदाे समयकाे हेक्का छैन ? के उनीहरु बाँचेका छैनन् ? अब तपाईं एकछिन यता हेर्नुस् । अहिलेकै परिवेशकाे कुरा गरम न भन्नुपर्दा तिजकै कुरा गरम न किन जिव्राे टाेकेर बाेल्ने ,,,,,,,,शहरिया जिवनशैलि फरक हाेला तर चाडपर्व एउटै हाे किनकि याे पूरा नेपाल हाे यहाँ गाउँकि नारीले मान्ने तिज र शहरकी नारीले मान्ने तिजमा कुनै फरक देख्दिन म र छैन पनि ।

अनि देश एउटै चाड एउटै समय एउटै मनाउने तरिका किन फरक ? कि गाउँकि नारिले शहरकि नारिकाे जस्ताे जिउ पुरै देखिने नाम मात्रकाे चाेलाे लगाउन सकिनन् कि ? कि शहरकि नारिलाई गाउँकि नारिले लगाएकाे जस्ताे जिउ ढाक्ने चाेलाे लगाउन लाज भयाे कि? कि के छ समस्या यी दुई नारिमा ? गाउँ कि एउटि चेलि ५ दिनकाे गाईबस्तुलाई घाँस नपुर्याई माईति जान पाउँदिनन् त्याे बाध्यता पक्कै पनि शहर बसेर एक महिना अघि देखि पालै पालाे सबैकाे घरमा भतुवा लाग्न जानेलाई बिरलै थाहा हाेला ।

तिजकाे दिन पानी पनि नखाएर निर्जला व्रत बस्नेहरु एक महिना अघि देखि दरकाे नाममा पिएकाे झाेलकाे अर्थ के हाे भन्न सक्नुहुन्छ? कसैकाे व्यक्तिगत जिवनमा आधारित भएर भनिरहेकाे छैन नदेखेकाे कुरा भन्न कसैले सक्दैन ? देखासिखि गर्ने नेपालिकाे बानि हाे आफ्नाे स्वयम् कुनै मूल्य छैन यहाँ याे हाम्राे हाे हामिले आज यसलाई जाेगायाैँ भने भाेलिका सन्ततिले केही सिक्छन् हामिबाट भन्ने सम्म ज्ञान छैन आजका मान्छेहरुलाई , यहि साेच्छन् दुई दिनकाे जिन्दगी रमाईलाे गरेर विताउने हाे ए हजुर तपाँईका पाे जिन्दगी दुई दिनकाे छ त याे चाड पर्व त तपाईं नआउँदा पनि थियाे र पछि पनि चाहिन्छ नि रमाईलाेकाे नाममा सँस्कृति नबिगारिदिनुस् तपाईं दुई दिनकाे जिन्दगी लिएर आएर लामाे आयु भएकाे सँस्कृतिकाे हेला गर्ने अधिकार तपाँईलाई छैन ।

हामिले लगाएकाे खाएकाे तलाँई के काे चासाे भन्ने सवाल उठेकाे हाेला मनमा ।त्यसाे त मैले बिकृति ल्याउनेलाई भनिरहेकाे छु अब आफैँ बिचार गर्नुस् तपाईं त्यस भित्र पर्नु भयाे कि भएन । आजका यी तपाँईहरुकै यस्तै अपच ब्यबहारहरुले भाेलि यहिँ हामी बस्ने समाजमा नकरात्मक असर नपर्ला भन्न सकिन्न तपाँईकाे पाे दुई दिनका जिन्दगी छ पर्सि पल्ट मरिहाल्नुहुन्छ हामी त बस्नु छ यहि समाजमा । यहि देखासिखी चल्दै जाने हाे भने भाेलि तपाँइले नै आफ्नाे सन्तानलाई गालि गर्ने र सम्झाउने ठाउँ पाउनुहुन्न । चाडपर्वलाई लुगासँग तुलना नगराैँ । नारी आफैँमा एउटा सुन्दर फुल हाे र फुललाई राम्रि बनिरहन आवश्यक नै छैन ।

भाेलि मेरै छाेरी बहिनी अनि श्रीमतीले त्यस्ता पहिरन नलगाउलान् भन्न सकिँदैन । सानाे साेच र ठुलाे साेच भनेर सवाल धेरै उठ्लान् । तपाईं यदि साँच्चै सहि हुनुहुन्छ भने याे तपाँईलाई हाैसला भयाे अनि तपाईं गल्ति गर्दै रैछु भन्ने लाग्याे भने याे तपाँईलाई सुझाब भयाे । धन्यबाद

सन्जित पौडेल (जेजे)
हेटौडा

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख