७ आश्विन २०७९, शुक्रबार

सडकबाट गगन थापाको चुनौति सरकारलाई [भिडियो सहित]

काठमाण्डौ , भदौ १३ , सडकको बिषयलाइ लिएर गगन थापा सहित २ जना प्रदेश सांसद र जनता मिलि धर्ना गरेका छन् ।
आज हामि हाम्रो गाउ ठाउको सडकको अवस्था बाट कायल भएर सडक बिभगमा सांकेतिक धर्नाको निम्ति आएको हौ ।
यहा आउदै गर्दा हामिलाई खुशि लागेको छैन , जनताले हामिलाई सडकबाट आवज उठाउनको निम्ति माथि पठाएका हो ।

तर जुन ठाउमा हामिले आवाज उठाउन पर्ने हो त्यो ठाउमा उठाइएको आवाजको सुनुवाई नभएपछि हामि फर्किएर हामिलाई त्यो ठाउमा पुराउने जनताको बिचमा आउन बाध्य भएको छौ ।
आजको धर्ना धेरैको राय चाबहिल कपनमा सडक अवरुद्द गर्ने थियो , तर त्यसबाट आवतजावतमा पर्ने समस्या आखिर नागरिकले नै खेप्न पर्छ , त्यसै पनि सडक को अस्थव्यस्थ स्थितिको पिडा भोगेको नागरिकलाई थप पिडा नहोस भनेर सडक अवरुद्द गर्न चाहेनौ ।

यो सडकहरु बन्ने मिति गत वर्ष जेठ मानै सक्किएको हो ।
म्याद सकिनि भन्दा पहिले निर्माण व्यवसायले प्राप्त गर्नु भएको २ वर्षको समयमा हामि दावाका साथभन्न सक्छौ सबै भन्दा सहज गर्ने काम मद्दत गर्ने काम हाम्रो क्षेत्रमा भएको थियो ।

हामिले काठमाण्डौको सडकमा सार्वजानिक सुनुवाईको अभ्यास गर्यौ , जहा हामिले सडकका अधिकारि , मन्त्री , राजनितिक दल सबै सरोकार वाला जम्म गर्यौ र जुन जुन समस्या छ त्यसको समाधन खोजियो ।
हामि सङ्ग निर्माण व्यवसायका कामदारले कोठा ग्यास नपाएको अवस्थामा कोठा ग्यास खोज्ने काम समेत हमिले गरेको अनुभव छ । हामिले गुनासो गर्ने ठाउ कतै छोडेनौ

तर जब सडकको काम १०% २०% मात्र पुरा गरेर २ वर्ष गुजारियो त्यसपछि हामिले गत वर्ष निवेदन लिएर अड्डामा गयौ “आब म्याद थप गर्नुको कुनै औचित्य नरहेको कुरा यहालाई जानकारि गराउछौ , निम्नलिखित निर्माण कम्पनिले समयमा काम सम्पन्न नगरेको ठेक्का सम्झौता उलङ्घन गरेको छन् “
लेखेर ल्याउदा समेत एकजनालाई पनि कारवाहि नभएको

धेरै पटक अड्डा धाई रहदा पनि सडकको काम नभएपछि धर्ना बस्ने निर्णय गरिएको हो ।
हामिले धेरै भोग्यौ हामिलाई थाहा छैन तपाईले के गर्नु हुन्छ हाम्रो सडक बन्नु पर्यो काम देखिनु पर्यो ।
हाम्रो सडक बनाउन हामि सडकमा नै आउन पर्ने भन्दा केहि विकल्प नदेखे पछि धर्नामा आएका हौ , हामिले तत्काल केहि छाटकाट देखेनौ भने फेरि धर्ना हुन्छ ।

अबको धर्ना कार्यक्रम सडकमा हुदैन , सिंहदरवारमा हुन्छ र मन्त्रालय भित्र मन्त्रीको ठाउमा हुन्छ

बाकि भिडियोमा…………..

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख