८ आश्विन २०७९, शनिबार

हाफ पाइन्ट लगाउनेले कीर्तिपुरका मेयर-उपमेयरलाई भेट्न नपाइने

काठमाण्डौ, भदौ १०, कीर्तिपुर नगरपालिकाले मेयर-उपमेयरलाई भेटघाट गर्न मर्यादित पोसाक र निश्चित् समय तोकिदिएको छ। नगरपालिकाले सूचना निकाल्दै मेयर र उपमेयरलाई भेट्न
मर्यादित र २ बजेपछि मात्रै भेट्न पाउने निर्णय गरेको हो। चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको नगरपालिकाले जनाएको छ।

रमेश महर्जन भन्छन् सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ प्याइन्ट लगाएर आउन थाले, आफूले भन्दा भन्दा थकित भएपछि त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालेका हौं‘हाफ पाइन्ट पनि मनपरी ढंगको भएपछि बाध्य भएका हौं।’

नगरपालिकाले यसरी सूचना निकालेपछि आलोचना भइरहेको छ। कतिपयले सुट-पाइन्ट लगाएर आउन पर्ने लगायतका अनेक अर्थ लगाएको प्रमुख महर्जनले गुनासो गरेका छन्। साथसाथै, आवश्यक कामका लागि आएका जो कोहीलाई पनि भेट्न रोकछेक नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख