कविता
त्यो सेती भिर
त्यो सेती भिर
सायद गजबको नै छ होला
कस्तो मोह जागेको
त्यो सेती भिरप्रती
जहाँ कयौं सपनाहरूको हत्या हुदै छ ।
सृष्टिको संरचना त्यो सेती भिर
बहुत चमत्कारी रहेछ
डोको नाम्लो बोकेर गएको मानव
कस्तो माहान
बाँसको काम्रो र कयौं जन्तीका साथ
सेतो कपडामा फर्किँदाे रहेछ ।
दोष थिएन त्यो सेति भिरको
कयौं अाँशुहरकाे खाेलि बगाउन
न त दाेष नै थियाे निएतीकाे
बस् दाेष थियाे त
ती सामाजिक मुल्य र मान्यताकाे ।
हाम्रो हजुरबाहरुले भन्ने गर्थे रे
नजानु बाबू त्यो सेती भिरमा
तर निएतिले ठगिएका
ती लाचार र विवश बाहरुनै
त्यही सेती को मायामा डुब्न् पुगेका रहेछन् ।
हे सेती भिर
न त तिमी मनमोहक छौ
न त तिमी अप्सरा नै
त्येही पनि किन बढ्दै छ तिम्रो सुन्दरता
के सेती भिर कुनै जादुताेना त गरेनै नि हैन् ?
त्याे सेती भिर
जस्लाई मैले घृणा गरिरहेकाे थिएँ
त्याे त अाज अाँखा अगाडि
झलझल्ति अाँउदै छ
बरु चरेस खान्छु हरेस खान्न भन्थेँ
तर अाज चरेसका साथमा हरेस पनि खाँदै रहेछु ।
अाँशुकाे खाेलि बगाउन
मलाई पनि कहाँ मन छ र
साेचेकाे थिईन कि ती
तप्प तप्प पाखिने अाँशुले
अाज एउटा सिङ्गो
सागरनै खडा गर्छ भनेर ।
हरेक पाइला पाइलाप्रती
मलाई सेती भिरको याद आउँछ
लाग्छ सेती भिर त आज
आफ्नै मनको मायालु काली बन्न पुगि
बस आँउदै छु तिम्रो समीप सेती भिर ।
आज सेती भिरको टुप्पोमा बसेर
एउटा लाचार र बिबश कलिलो केटो
लेख्दै छ खुसिका साथ एउटा मृत्यु पत्र
र भन्दै छ ,अाँउदै छु तिम्रो समीप हजुरबा
उहि तिम्रो प्यारो सिङ्गाने नाति ।
— सुनिल तिमल्सिना
डल्लु,चागल , काठमाडौं