२ भाद्र २०७९, बिहीबार

डा. गोविन्द केसी ३ बुदे माग सहित पुनः अनसन बस्ने तयारीमा

पुस १७ , काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले
आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका छन् र डा. केसी १६ औं अनसनको सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् । केसीले बुधबारदेखि सरकारसँग ३ बुँदे माग सहित अनसन बस्ने तयारी गरेका छन् ।

बुँदा नं‍. १ः उनले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते  सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् ।

बुँदा नं‍. २ः केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

बुँदा नं‍. ३ः केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख