२ भाद्र २०७९, बिहीबार

तेक्वान्दो रेफ्रि सेमिनार एवं रिफ्रेसर कोर्श सम्पन्न

काठमाण्डौ । पौष ११ गतेदेखी १४ गतेसम्म सञ्चालन भएको नवौँ राष्ट्रिय गेरोगी रेफ्री सेमीनार साथै १०‍‍ औ गेरोगी रिफ्रेसर कोर्स, दोस्रो राष्ट्रिय पुम्से रेफ्री सेमिनार, दोस्रो पुम्से रिफ्रेसर कोर्स गेरोगी र पुम्से सेमिनार सम्पन्न भएको छ । उक्त समापन समारोह राष्ट्रपतिका प्रमुख सुरक्षा अधिकारी तथा नेपाली सेनाका सहायक रथी श्री मिन ध्वज खड्काको उपस्थितिमा समापन भएको थियो । उक्त अवसरमा बोल्दै सहायक रथी खड्काले मुलुकमा विगत र भविष्यमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक ल्याउने तेक्वान्दो खेल नै भएकोले यसको विकासमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने भन्दै खेल र खेलाडीहरु देशको हुने बताउनु भयो । उक्त अवसरमा बोल्दै सहायक रथी खड्काले मुलुकमा विगत र भविष्यमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक ल्याउने तेक्वान्दो खेल नै भएकोले यसको विकासमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने भन्दै खेल र खेलाडीहरु देशको हुने बताउनु भयो ।

कार्यक्रमको सभापति तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशव पुरीले नेपाल तेक्वान्दो संघलाई स्वतन्त्र रुपले काम गर्न दिने र अनावश्यक राजनैतिक हस्तक्षेप नहुने हो भने यो खेलले संसारकै खेलाडीसंग प्रतिस्पर्धा गरी पदक प्राप्त गर्नेगरी सक्षम बनाउन सकिने बताउनुभयो ।

सो अवसरमा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललितपुरका अजरमान जोसी, समाजसेवी अनिल गुरुङ, समाजसेवी धिरज कुमार श्रेष्ठ, नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिका सदस्यहरु प्रदेश नं ३ का महासचिव राजेश प्रजापति प्रशिक्षण कार्यक्रममा अहोरात्र खटिने क्वान गुरू, कबिराज खड्गी, नबिन कुमार श्रेष्ठ,अशोक खड्का समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख