७ मंसिर २०७८, मंगलबार

गृहमन्त्री द्वारा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन

काठमाडौ, असार ६- नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ को तर्फबाट आयोजना गरिएको प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको शुक्रबार बिहान ९.१५ बजे नेपाल तेक्वान्दो संघ नवनिर्मित भवनमा मा. गृहमन्त्री राम बहादुर थापा ज्यू को हातबाट समुदघाटन कार्यक्रम सम्पन भयो।

कार्यक्रममा पूर्व मन्त्री तथा मा. कृष्ण गोपाल श्रेष्ठ, मा. धना खतिवडा प्रदेश सभासद बिराज भक्त श्रेष्ठ, खेलकुद परिषद्का प्रशिक्षण बिभागका प्रमुख अर्जुन बिक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष ज्यूहरू, बरिष्ठ गुरूहरु चौधरी ग्रुपका सुरेन्द्र खनाल नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का उपाध्यक्ष प्रकाश खड्गी माहा सचिव राजेश प्रजापति कोषाध्यक्ष किरण थापा सह कोषाध्यक्ष हरिहर ढुङ्गाना प्रदेशका सदस्यहरु जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु पत्रकार खेल प्रेमीहरुको उल्लेख उपस्थित रहेको थियो।

सो अबसरमा स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष प्रकाश खड्गी ज्यू ले राख्नु भयको थियो सुभकामना मन्तब्य मा. कूषण गोपाल श्रेष्ठ ज्यू ले राख्दै तेक्वान्दो खेलाडी र खेलको बिकाशका लागि काम गर्न आफू तयार रहेको बताउनुभयो सो अवसरमा आफ्नो बिचार ब्यक्त गर्दै गृहमन्त्री राम बहादुर थापा ज्यूले खेल को मर्म र भावनालाई ख्याल गरेर यसको नियम कानुन बन्न जरुरी रहेको बताउँदै तेक्वान्दो खेलले बिगतमा नेपाल को सिर उच्च राखेको र अबका दिनमा पनि यो खेलबाट नेपाली ले अझ बढी आसा गरेको छन् भन्दै यो खेलको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो। सभा बिसर्जन गर्दै प्रदेश अध्यक्ष केशब पुरी ले तेक्वान्दोको बिकाश गर्न राज्य गम्भीर हुनुपर्ने खेलाडी र प्रशिक्षकहरू को उचित सम्मान गर्नु पर्ने र कुनै पनि खेलको संघ बनाउंदा त्यो खेलको बिज्ञता र खेलाडीहरु नै हुनुपर्ने भन्दै खेल नबुझेका लाई ल्याउदा बुझ्नै दसौं बर्ष लाग्ने र खेलको मर्म नबुझ्ने भयकोले यसमा नियम बनाउंदा ध्यान दिन आग्रह गरे।

करिब एक घन्टा पैंतीस मिनेटको उद्घाटन समारोहमा मा. मन्त्री ज्यू ले समयको ब्यस्तताका बाबजुद पनि उक्त कार्यक्रम उल्लासका साथ डेमोसट्रेसन गेम र नृत्य अवलोकन गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले तेक्वान्दोसँगै अन्य खेलको विकासमा योगदान पुर्याएको भन्दै दीपक बिष्ट र संगीना बैध्य सहित ९ खेलकर्मीलाई ताम्रपत्रसहित सम्मानित गरेको थियो ।

सम्मानित हुनेमा दीपक र संगीनासँगै रेफ्री नविन कुमार श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य रहेका छन् । यस्तै एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयषा शाक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकार रहेका छन् ।

सातदोबाटोस्थित नवनिर्मित नेपाल तेक्वान्दो संघको हलमा उनीहरुलाई गृहमन्त्री राम बहादुर थापा बादल लगायतले सम्मानित गरे । दुई दिने प्रतियोगितामा ग्यारोगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा ७ प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख