२ भाद्र २०७९, बिहीबार

हिटरबाट सल्केको आगोले घाईते भएका ईन्जिनियर दम्पत्तिले गुमाए ज्यान

पुस १६ , काठमाडौं । जाडोमा हिटर ताप्दा सावधानी नअपनाउदा काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान गएको छ । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन नसकेतापनि घटनास्थलको प्रकृति हेर्दा हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख