८ आश्विन २०७९, शनिबार

घरपालिकाको वार्षिक बजेट : राजेश सापकोटा

प्रिय श्रीमती, भुराभुरि महोदय !! अब म आ.ब. २०७६/७७ को बार्षिक घरपालिका बजेटको कार्यक्रम प्रस्तुत गर्न अनुमति माग्दछु । यो कार्यक्रम तयार पार्दा उपलब्ध राजस्व ( यो बर्ष बढने १८%) समेत आधार मानेर तयार पारेको छु ।

मर्मत संभार शिर्षक अन्तर्गत लिपिस्टिक र पाउडर किन्न साबिकको रकम यथावत
राखि प्रति महिना रू १०/- ले वृद्धि गरेको छु पर्फ्युम शिर्षकको साबिक बजेट खारेज गरेको छु । बालबालिका शिर्षक अन्तर्गत उत्प्रेरणाका साथै
हासी खुसि राख्न प्रति हप्ता एक बालक एक चकलेटको नया कार्यक्रम लागु गरेको छु जसका लागि आवश्यक बजेटको ब्यबस्था गरेको छु ।

समृद्धि र भौतिक विकास मुख्य लक्ष्य भएकोले विगतमा दिईदै आएको पार्टी लगायतमा जानको लागि पोशाक भत्ता खारेज गर्दै पुराना कपडाले चलाउने योजना प्रस्ताव गरेको छु । स्वास्थ्य अन्तर्गत बढ्दो रोगलाई मध्यनजर गर्दै “स्वस्थ बनौ शाकाहारी रहौ” भन्ने नारा प्रभावकारी बनाईनेछ, जसका लागि
माछा मासुमा दिईदै आएको अनुदान कटौति गरेको छु ! आगन्तुक पाहुनालाई यो बारे पहिले नै
जानकारी होस भनि कोठामा पस्ने मूल ढोकामा नै नारा ठुलो अक्षरमा लेखेर
टास्न आवश्यक बजेट छुट्याएको छु ।

शिक्षामा मासिक रू १०००/- ले बजेट बढाएको छु । बाबुआमा को भावना बुझ्ने र जेष्ठ नागरिकको
सम्मान गर्ने उद्देश्यले कम्तिमा महिनामा एक पटक उहाँहरुलाइ भेट्नको लागि आवस्यक बजेट छुट्याएको छु । बढदो जनसंङ्ख्या नियन्त्रण गर्न
प्रसुति खर्चमा दिईदै आएको अनुदान यो बर्षबाट शुन्यमा झारेको छु ।

घरमूलीका हैसियतले मैले बिल पेश नगरी खर्च गर्न पाउने गरी नया नियम लागु गरेको छु । समृद्धिका लागि मौन ब्रत,भोकहडताल, अशान्ति, झगडा, घर नै बहिष्कारका नीति यो बर्ष पूर्णत
अन्त्य हुने गरी आवश्यक कानुन निर्माण हुनेछ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय होस् !!!

भक्तपुर

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख