२ भाद्र २०७९, बिहीबार

त्रिभुवन विश्वविद्यालयद्वारा ९ हजार विद्यार्थी दीक्षित



पुस १६, ललितपुर । त्रिभुवन विश्वविद्यालयको सोमबार ५६ औँ ग्रेस लिष्टको ४४औँ दीक्षान्त समारोहमा ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको खेलकुद मैदानमा सम्पन्न भएको छ । उक्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गरेका छन् ।

सो समारोहमा भाग लिन जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिजअन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आएका छन् ।

२०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख