८ आश्विन २०७९, शनिबार

दुई पांग्रे सवारीको दुवै यात्रुलाई हेल्मेट : आवश्यकता या कमिसनको खेल ?

दुई पांग्रे सवारीको पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनु पर्ने कानुन आउदै छ अरे।तथ्यांकले के देखाउछ भने नेपालमा करिब २७ लाख दुइपांग्रे साधन रहेछन् सबैले एकएक थान हेल्मेट किन्दा त्यो पनि आइ एस ओ प्राप्त सरदर रु ४५०० मूल्य पर्दा रु १२ अर्ब १५ करोड सर्वसाधारणको पैसा विदेशिने रहेछ।

किन कि नेपाल मा हेल्मेट को उद्योग त छैन! तेस्तो कानुन बनाइरहनु भन्दा बरु प्रतेक दुइपांग्रे साधनसंग त्यो हेल्मेट किन्ने पैसा उठाएर प्रतेक प्रदेशमा उद्योग कलकारखाना खोल्यो भने लाखौ नेपालीले रोजगारी नि पाउथे खाडी मुलुक मा पसिना बगाउन पर्थेन र सबै दुइपाग्रे धनी पनि शेयर होल्डर हुन्थे । हामी नेपाली केही न केहि रुप मा अलिकती नै भएपनि आत्मनिर्भर हुनेथियौ अनि मात्र अलिकती भएपनि केपि ओलिले भनेको जस्तो सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता पाउथ्यो होलाकी !नत्र नारा मै सिमित हुन्छ।

म यो हेल्मेटको बिरोध किन गर्दै छु भने यो सम्भावना नै छैन किन कि एउटा हेल्मेट त पार्किङ गर्दा सुरछित हुदैन हाम्रो समाज मा र ठूलो झरी पर्दा रेन कोट त बोक्न झन्झटले आकासे पुलमुनि ओता लागेर बाटो जाम गर्ने हामी त्यो हेल्मेट पानी परेको ठाउँ मा कसरी का राखेर बोक्नी हो या पछाडि बस्नेले नै हातमा बोकेर हिड्नु पर्यो जहा बाइक भेटिन्छ चढ्न पाइयो नत्र भने गारो देख्छु सुरक्षाको हिसाबले ठिकै होला तर झन्झटिलो अवस्य हुने छ। सुरक्षा को अरु नै विकल्प खोज्ने हो कि। मर्ने त दैलो को ठेलो मा ठेस लागेर नि मर्छन नै।अब गाडी भित्र बस्ने ले पनि लगाउनी हो कि! गाडी धनीले सिट बराबर अनिवार्य हेल्मेट राख्नुपर्ने नियम राख ट्राफिक महाशाखा ! धेरै कमिसन आउथ्यो होला कि ! नत्र समाजको अलिकती मात्र भएपनि विकास गेरेर मुहार त फेर्देउ न सरकार ! अरु भनेको आफै मिल्दै जान्छ।

ट्राफिकले कसले हेल्मेट लगाएन भनेर आँखा तन्कायर रातो चिट काट्न हातमा कलम लिएर बस्ने हो कि सड्क को जाम खोल्नतिर लाग्ने हो ? महाशय ज्यू ??

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख