५ कार्तिक २०७८, शुक्रबार

नेपालसँग दौत्य सम्बन्ध कायम भएका देश १६४ पुग्यो, को सँग कहिले भयो नयाँ दौत्य सम्बन्ध हेर्नुहोस्

काठमाण्डौ । नेपालले अफ्रिकी देश टोगोसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ । यो सँगै विश्वका विभिन्न १६४ देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोउ क्पाएदोले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी दिएका हुन् ।

न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगमा भएको कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जनाएका छन् । शुक्रबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराइएको छ । पश्चिम अफ्रिकी देश टोगोको राजधानी लोम हो । टोगोको पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरमा बुर्किना फासो पर्दछ । सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएपछि टोगो संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो ।

पछिल्लो समय दौत्य सम्बन्ध कायम भएका देशहरु
160. Burundi : June 6, 2018
161. Rwanda : July 20, 2018
162. Madagascar : September 26, 2018
163. Suriname : October 11, 2018
164. Togo : March 22, 2019

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख