६ कार्तिक २०७८, शनिबार

आध्यात्मिक गुरु ओशोका महान वाणी

आध्यात्मिक गुरु ओशोको जन्म भारतको मध्यप्रदेश स्थित कचवाडमा ११ डिसेम्बर सन् १९३१ मा भएको थियो।वाल्यकाल देखिनै शान्त र गंभिर स्वभावका ओशोले दर्शनशास्त्रमा रुचि राख्दथे।केही समय जवलपुर विश्वविद्यालयमा लेक्चरर भएर काम गरे।बिस्तारै अध्यात्म र दर्शनमा उनको ज्ञान बढदै गयो ।त्यसपश्चात अलग-अलग धर्म र विचारधारामा प्रवचन दिन थाले।सन् १९८१ देखि १९८५ सम्म अमेरिकामा बसे त्यहाँ रहदा उनले रजनीशल्याण्ड अलग्गै एउटा सहर बनाउने कुराले निकै विवादित भए र अन्त्यमा फर्केर भारत आए।उनी नेपालमा बस्न चाहन्थे तर तत्काल श्री ५ को सरकारले अनुमती दिएन।उनले दिएको हजारौ मिनेटको अडियो प्रवचनलाई लगभग सात सयवटा किताबाकारको रुप दिइएको छ।अर्को रोचक कुरा उनले आफ्नो जीवनकालमा एक लाख पचास हजार किताब पढेको कुरा गरिन्छ। उनको मृत्यु १९ जनवरी सन् 1990 मा भएको थियो।उनको मृत्युलाई रहस्यमय मानिन्छ।उनको आमाले स्वभाविक मृत्यु नभै हत्या भएको बताउने गर्थिन।आउनुस् उनै विश्वको मथिङल हल्लाउने एक दार्शनिक, विचारक र आध्यात्मिक गुरूको अनमोल विचारहरूमा विचरण गरौ।

****************
न्युनतम कुराहरूमा जिउने बानी सबैभन्दा ठूलो सम्पत्ति हो।

***********

आत्माको सबैभन्दा ठूलो रोग गंभिरता हो र निरोग चंचलता हो।
*******

प्रेम एउटा पंक्षी हो।यसलाई स्वतन्त्र उड्न दिनुपर्छ जसलाई फैलिनको लागि पूरा आकाशको आवश्यकता पर्दछ।
************
तिमी त्यहीँ बन्छौ ,जे सोच्दछौ।
********
एउटा स्त्री विश्वको सुन्दर कृति हो।उसलाई कसैसँग तुलना नगर।स्त्री ईश्वरले बनाएको उत्कृष्ट कृति हो।
*********
प्रश्न यो होइन कि कति अधिक सिक्न सकिन्छ।ठीक विपरीत ,प्रश्न यो हो कि कति अधिक भुल्न सकिन्छ।
*********
मनुष्यलाई डरको माध्यमबाट नै शोषण गर्ने गरिन्छ।
**********
कसैसँग कुनै पनि किसिमको प्रतिस्पर्धाको आवस्यकता छैन।तिमी स्वयंमा जिउन सिक।त्यही नै सहि निर्णय हो।तिमी आफूलाई स्वीकार गर।
*********
मूर्ख मनुष्य अरु प्रती हाँस्छन र बुद्धिमान स्वयं आफैमा हाँस्छन।
******
तिम्रो विवाह राजनीतिक शासन गर्नेको छोटो रूप हो।जसमा तिम्रो बुवाआमा साना राजनेता हुन्।
******
यदि तिमीलाई सत्यसँग परिचित हुन छ भने हो र होइनमा निर्धक्क विचार राख्ने गर।
******
जब मनुष्यको अगाडि प्रेम र घृणा दुवैचिजको उपस्थिति भएन भने हरेक कुरा स्पष्ट हुन्छ।
*********
जिन्दगी समस्या होइन यो त सुन्दर उपहार हो।
*******
तिमी जति-जति जागरुक हुँदै जान्छौ, त्यति-त्यति इच्छा हराउँदै जान्छ।

***
संकलन: जनक कार्की

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख