४ भाद्र २०७९, शनिबार

बलत्कारकाे घटना टुलुटुलु हेरेर बसेकाे छ सरकार:-कलाकार “कञ्चन सापकाेटा”

काठमाडौ; फाल्गुन :-८ गते

२०५२ साल कार्तिक २७ गते पिता भिम प्रसाद सापकोटा र माता दिपा सापकाेटाकाे काेखबाट काभ्रे बनेपामा जन्मनु भएकि कलाकार “कन्चन सापकाेटा”संगकाे गाेर्खा अावाज सञ्चारकर्मि राजेश तिमल्सिना ले गर्नु भएकाे कुराकानी :-

*दिन कसरी बित्दै छ ?

:- हल्का सिरियल तिर व्यस्त छु । अहिले ब्रेक फेल सिरियल बन्द भएको छ। त्यसैले अरु तिर काम गर्दै छु । अनि पढ्दै पनि छु ।
*कलाकारिता क्षेत्र राेज्नुकाे कारण के हाे ?
:- मेरो चाहाना र सानैदेखी फिल्म टेलीफिल्म हेर्दै त्यसमा जे आयो त्यही कपि गर्ने गरेकाे थिए,टिभिकाे भित्तामा देखिने साेखले पनि मलाई कलाकार बन्न मन पर्याे ।
*याे क्षेत्रमा लाग्न कस्ले प्रेरित गर्नुभयाे?
:- सबभन्दा बढी आफै intrest भएर हो मलाई अनि घर परिवारबाट पनि हो सुरु सुरुमा त सारै गाली पनि खाए ममिको पछि बुज्नुभयो अनि सजिलो भयो।मार्गदर्शनकाे कमिले अरूलाई भन्दा मलाई याे क्षेत्रमा अाउन धेरै गार्‍हो पर्याे ।
*कतिकाे अनुभव बटुल्नु भयाे ?
:- अनुभव त जिन्दगीभर लिदै जाने कुरा हो अझै सिक्न बाकी छ अलिअलि अनुभव लिएकी छु ।अङ्ग्रेजीमा भनिन्छनि” प्राक्टिस मेक अ मेन पर्फेट” लक्ष्यमा चुम्न धेरै अनुभवकाे जरूरि छ ।

*चुनाैति पनि अाए हाेलान कस्ता कस्ता चुनाैतिकाे सामना गर्नु पर्याे ?
:- चुनौती त धेरै आए अझ म जस्तो केटी मान्छेलाई अझ बढी चुनौती छ।किनभने केटा मान्छेलाई जति पिडा हुन्छ त्योभन्दा बढी केटी मान्छे लाई पिडा हुन्छ हरेक ठाउमा बाेल्नेकाे पिठाे बिक्छ नबाेल्नेकाे चामल पनि विक्न गार्‍हो छ भन्छन ।
*अर्थपार्जन कतिकाे हुने रहेछ ?
:- काम हुन्छ दिन्छु भन्ने तर त्यसको बदलामा आफ्नो स्वार्थ खोज्ने मानिसको कमि छैन यहाँ, यो क्षेत्रमा गाह्रो छ आर्थिक कुरामा किनभने अहिले भाइरल हुन सक्यो भने चलिन्छ नत्र सजिलो छैन, आफ्नो अर्को कुनै व्यावसाय भएन या काम भएन भने बाच्न गार्‍हो छ।
*कलाकारमा लाग्ने व्यक्तिलाई परिवार समाजले त कहिलै राम्राे नजरले हेर्ने गर्ेकाे छैन,यसमाथि पनि हजुर महिला कलाकार कसरी लिनुभएकाे छ ?

:- हो अहिले को समयमा पनि मानिसहरुले बुझेर नि नबुझेझै गर्छन् । अनि अर्को कुरा भनेको एक दुई जनाले नराम्रो गर्यो भन्दैमा सबैलाई नराम्रो देख्ने बानी भएकाले पनि यो क्षेत्रमा आउने मानिसलाई नराम्रो नजरले हेरिन्छ।काभ्रेपलान्चोकबाट प्रकाशन भएकाे २०६८ काे पत्रिकामा मेरो पहिलोचोटि फाेटाे निस्केको थियो त्यतिखेर सारै आलोचना आए र पनि मैले हार खाइन र पछाडी नफर्की आज यो स्थानसम्म आएकी छु।
*मायाकाे जाल बुन्नु भयाे कि छैन ?कस्ताे भए खुसि मिल्थ्याे ?
:- जिबनमा जस्को पनि एकपटक माया बस्छ रे तर मैले त्यो अबसर पाएको छैन जब मैले सोचेजस्तो मान्छे फेला पार्छु अनि भन्छु है।उम कस्तो भन्दा पनि म भन्दा अलि बुझ्ने होस मलाइ हरेक कुर बुझाउन सक्ने होस र म र मेरो कामलाई बुजोस अरु त शरीर भनेको एक दिन माटाेमा मिल्ने हो मन सफा होस त्यस्तो मान्छे खोज्दैछु।
*सेक्स भनेकाे के हाे जस्ताे लाग्छ ?
:- सेक्स भनेको प्राकृतिक कुरा हो । दुई मन मिलेपछि हुने एक मिलन हुने हो। अरु थाहा छैन मलाइ हिहि
*बलत्कारकाे शिकारमा परेकाे घटना दिनप्रतिदिन बढ्दै छ ,यस्काे कारण के हाे जस्ताे लाग्छ ?
:- आजकल के भैरहेको छ भन्दा मान्छे जति शिक्षीत हुँदै गए मान्छे त्यति दानव हुँदै छन किनकी ९ महिनाकी बच्चिदेखी ७५ बर्षको हजुरआमालाइ पनि बाकी राखेका छैनन, सरकार ले पनि यति धेरै बलात्कार को घटना टुलुटुलु हेरेर मात्र बसेको छ कसैलाई कार्बाही गर्दैन,गर्न सकेकाे छैन।

*जिन्दगी अविस्मरणीय क्षेण कुन दिनलाई सम्झनुहुन्छ?
:- त्यस्ता पल त धेरै छन तर जुन दिन मैले शिवहरी पौडेल अंकलसंग भेटे त्यो दिन म कहिलै बिर्सन सक्दिन, मलाई सपना जस्तै लागेको थियो । सानैदेखि जस्लाइ आफ्नो घरको टि.िभ मा देखिरहेको त्यो मान्छेलाई आफ्नो अगाडि पाउदा र ब्रेकफेलमा कामसंगै गर्न पाएको दिन म कहिल्यै बिर्सन सक्दिन।

*भावि याेजना के के छ ?

:-पढाइलाई निरन्तरता र कलाकारिता जगतमा अझ केही गर्छु भन्ने बिचार छ।
* अन्तिममा के भन्नू हुन्छ ?
:-सर्बप्रथम त म यो गाेर्खा अावाजको परिवार र बिशेष धन्यवाद राजेश जि लाई र सबै दर्शक महानुभाबले मलाई माया गर्दिनुस कमि कमजोरी भए भनिदिनोस र सधै साथ दिनोस भन्न चाहान्छु।मेराे कार्यक्रम हेर्दिनुहाेस ।कमेडि गाईज रिटन हेर्न नभुल्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख