१९ श्रावण २०७९, बिहीबार

तस्बिरकै कारण चर्चामा करिष्मा ढकाल । (फोटोफिचर)

पछिल्लो समय निकै चर्चामा रहेकी मोडल हुन् करिष्मा ढकाल । बिशेषगरी लोकदोहोरी गीतका भिडियोमा नाम चलेकी मोडल हुन् करिष्मा । उनी भिडियोमा मात्र होइन, स्टेज कार्यक्रममा पनि व्यस्त हुने गर्छिन् ।

कोरोना भाइरसका कारण स्टेज कार्यक्रम ठप्प भएपछि करिष्माको व्यस्तता केही कम भएको थियो । तर, फेरि लकडाउन पछि पुरानै लयमा करिष्माको ब्यस्तता बढेको छ ।

करिष्माले लकडाउनपछि १०० भन्दा बढी भिडियोमा काम गरिसकिन । तर, गतबर्षको भन्दा यो बर्ष आफूले कम भिडियोमा काम गरेको उनको भनाई छ । उनले भनिन्–‘मेरो काम नै कम भएको छ । अब, यो बर्ष भिडियो नै कम भएको हो या मलाई अफर नै कम आएको हो थाहा छैन ।’

लकडाउनपछि चलचित्रको छायांकन नहुँदा चलचित्रका चिनिएका अनुहारले लोकदोहोरी भिडियोमा काम गरेका छन् । करिष्मा यसलाई सुखद मान्छिन् ।

चलचित्रका कलाकारले काम गरेकै कारण तपाइलाई अफर कम आएको हो कि भन्ने प्रश्नमा उनले भनिन्–‘पहिलो लोकगीत भनेपछि नाक खुम्च्याउने चलचित्रका कलाकारले पनि अहिले धमाधम काम गरिरहनुभएको छ । मलाई यसबाट असर पर्यो भन्दा पनि लोकदोहोरी कलाकार हुँ भन्दा गर्व लाग्छ ।’

उनले चलचित्र क्षेत्र ठप्प हुँदा पैसाकै लागि भएपनि चलचित्रका कलाकारले म्यूजिक भिडियोमा काम गरेको बताइन् । उनीहरुको यो वाध्यता भएको करिष्माको तर्क छ । करिष्माले लोकदोहोरी गीतहरु पनि राम्रो बन्न थालेपछि चलचित्रका कलाकारको आकर्षण बढेको बताइन् ।

लकडाउन खुलेसँगै आफूले सुरुवातमा केही पारिश्रमिक कम गरेर काम गरेको बताएकी करिष्माले अहिले पनि पुरानै पारिश्रमिकमा काम गरेकी छिन् । कोरोनाका कारण लोकदोहारी क्षेत्रमा ठूलो असर परेको उनको तर्क छ । उनले, परिस्थिती अनुसार चल्नुपर्छ भन्ने पाठ समयले सिकाएको बताइन् ।

मोडल करिष्माले अघिल्लो बर्ष झण्डै ५० वटा तीज गीतमा काम गरेकी थिइन् । गतवर्ष वाग्लुङ थिएँ । त्यसैले तीज गीतको भिडियोमा धेरै दिन काम गर्न पाइनँ । त्यसमाथि कोरोनाको त्रासले गर्दा आफू सुरक्षित हुनका लागि पनि बढी ध्यान दिएको थिएँ’ – उनले भनिन् । कोरोना महामारीअघि भने उनले कुनै वर्ष ८० वटासम्म तीज गीतमा काम गरेको अनुभव संगालेकी छिन् ।

लोभलाग्दो कमाई – ‘तीज गीतमा नाचेर कति कमाउनुहुन्छ?’ मोडल करिष्माले आफूले तीज गीतमा काम गरेर १० लाख रुपैयाँ बढी आम्दानी गर्दै आएको बताउँछिन् ।

उनले तीज गीतमा आफूले लिने पारिश्रमिक भने खुलाउन चाहिनन् । म्युजिक भिडियो निर्देशकहरुका अनुसार करिष्माले एउटा तीज गीतमा अभिनय गरेको २० देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिँदै आएकी छिन् ।

उनले मोडलिङ गरेको चर्चित मध्येको एक गीत डाडाघरे साईली- नेपाली सांगीतिक क्षेत्रमा मौलिकता हराएको गुनासो बढिरहेको छ । तर, बेलाबेलामा केही मौलिक गीतहरु नआउने भने होइनन् ।

सामाजिक संजालमा पनि निकै ब्यस्त हुने गर्छिन् करिष्मा । आकर्षक देखिने तस्बिर तथा भिडियोहरु सार्बजनिक गरिरहने उनको तस्बिरलाई धेरै दर्शकको माया तथा साथ मिलेको छ । जसरी उनको अभिनयलाई मन पराएका छन् ।

गालामा डिम्पल परेकी क्युट अवतारकी धनी करिष्माको कसिलो जिउडालले झनै धेरैलाई मोहित बनाउने गरेको छ । नृत्यले सबैलाई लठ्ठ बनाउन सक्ने क्षमता रहेकी करिष्मा घुमघाम गर्न निकै मन पराउछिन ।

पछिल्लो समय सार्वजनिक भएको मौलिक लोक गीत हो, ‘डाँडाघर साइँली’ । गीतको शब्द कृष्ण केसीले लेखेका हुन् । गीतमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् । गीतको भावअनुसार ग्रामिण परिवेशमा भिडियो निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख