२ जेष्ठ २०७९, सोमबार

काठमाडौंमा फेरि एमालेले चुनाव जित्छ : मेयर शाक्य

काठमाडौं, २७ माघ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय तह निर्वाचनमा पनि काठमाडौंमा नेकपा एमाले विजयी हुने दाबी गरेका छन् ।

‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ?

त्यो बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं’ उनले भने ।

मेयर शाक्य २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख