१० श्रावण २०७८, आइतबार

सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौँ । सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई प्रहरीले पक्राउ गरेको हो ।

खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ ।

ज्वालाको वास्तविक नाम टीका संग्रौला हो । ज्वालाले आफूलाई नागरिक अभियन्ता बताउने गरेकी छन् । उनले नेपाल प्रहरीका असई मणिकान्त झालाई ‘रंगभेदी अभिव्यक्ति’ दिएपछि विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख