६ कार्तिक २०७८, शनिबार

आजको मौसम पूर्वानुमान : भारी वर्षाको सम्भावना


काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा चट्याङ्ग सहित​ भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकोले धेरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको हो । 

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।  यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। 

यस्तै, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । त्यसैगरी, राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख