१४ असार २०७९, मंगलबार

देशभर थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ जना निको भए

काठमाडौं । नेपालमा २७४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १६८१ जना र एन्टीजेन परिक्षणबाट १०६४ जना गरि जम्मा २७४५ जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ रहेको छ । संक्रमित मध्ये पाँच लाख ४० हजार ४३९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ ।        

पछिल्लो २४ घण्टामा ४१८७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४१ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८५०६ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख