६ कार्तिक २०७८, शनिबार

५१ कम्पनीको शेयर लगानी जोखिममा (विज्ञप्ती)

काठमाण्डौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी जोखिममा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी लगायत बोर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको देखिएको हो । 

धितोपत्र बोर्डले विज्ञप्ती जारी गर्दै शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुने बोर्डका प्रवक्ता निरज गिरीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख