२६ भाद्र २०७८, शनिबार

कति छ आज सुनको मूल्य ?

gold सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १३५५ रहेको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख