२६ भाद्र २०७८, शनिबार

शेयर बजारमा ४२.७२ अंकको उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उच्च अंकको उछाल आएको छ । हिजो आइतबार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको थियो । 

आज नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा थामिएको छ । त्यस्तै, आज १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ  भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।      

शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख