५ कार्तिक २०७८, शुक्रबार

सुरक्षा माग गरेको भोलिपल्टै भयो पत्रकारको हत्या

उत्तर प्रदेश, भारत । उत्तर प्रदेशको प्रतापगढमा एक जना पत्रकारको हत्या भएको छ। टेलिभिजन पत्रकार सुलभ श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ।

एक दिनअघिमात्रै उनले प्रहरी समक्ष आफ्नो सुरक्षा गरिदिन आग्रह गरेका थिए। उनले आफ्नो ज्यानको खतरा रहेको भन्दै सुरक्षा प्रदान गर्न माग गरेका थिए।

समाचारअनुसार सुलभले रक्सी माफियाविरुद्ध समाचार बनाएका थिए । सोही समाचारलाई लिएर उनलाई सुरक्षा थ्रेट आएको बताइएको छ। 

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।  एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख