२ भाद्र २०७९, बिहीबार

देशभर २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९९४ जना संक्रमणमुक्त

काठमाण्डौँ । पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् ।

भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् ।

यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख