१४ श्रावण २०७८, बिहीबार

काठमाडौंमा जारी निषेधाज्ञा एकसाता थपियो

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा एकसाता थप भएको छ । आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

निषेधाज्ञा भने केहि खुकुलो बनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने निर्णय भएको छ ।

खाद्यान्न पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ । त्यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने र विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्न भनिएको उनले जानकारी दिए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण लागि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख