१ आश्विन २०७८, शुक्रबार

शेयर बजार पुनः नयाँ रेकर्ड कायम, हालसम्मकै सर्बाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७८ जेठ २३ गते आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको करोबार भएको थियो ।  

त्यस्तै, नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।    

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख