१६ श्रावण २०७८, शनिबार

मनाङेको प्रधानमन्त्री ओलीविरुद्ध कडा टिप्पणी- प्रधानमन्त्री दुईवटा किड्नी नभएको मान्छे हुन्

काठमाण्डौँ । गण्डकी प्रदेशमा तेस्रोपटक मन्त्री भएका दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिप्पणी गरेका छन्। 

उनले ओलीको न वर्तमान छ, न भविष्य छ भन्दै त्यस्ताको पछि लाग्नेहरुको बुद्धि छनै कि भन्दै टिप्पणी गरे। ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ। तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या। दुईवटा किड्नी नभएको मान्छे हो। अरुको त किड्नी छ नि यार। बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ। म त टाइममै छोडेर बचेँ,’ उनले भने।

यसअघि दुई पटक पृथ्बीसुब्बा गुरुङको क्याबिनेटमा मन्त्री भएका मनाङे विपक्षी गठबन्धनमा सहभागी भएका थिए। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख