१३ श्रावण २०७८, बुधबार

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण (भिडियो सहित)

काठमाडौँ । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । शुक्रबार राति साढे ११ बजेको समयमा शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

शाहीले सामाजिक सञ्जालमार्फत आफूहरुमाथि आक्रमण भएको बताएका छन् ।

उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन् ।

वीरेन्द्रनगरस्थित करेखोला नजिक शाही समूहमाथि आक्रमण भएको हो । प्रहरीले भने शाही समूह र स्थानीयबीच झडप भएको जनाएको छ ।

हेर्नुहोस् भिडियो …

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख