३ भाद्र २०७९, शुक्रबार

थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ जना निको भए

काठमाडौं । नेपालमा ३७५० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट २७०९ जना र एन्टीजेन परिक्षणबाट १०४१ जना गरि जम्मा ३७५० जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ रहेको छ । संक्रमित मध्ये पाँच लाख २० हजार ८१६ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ ।        

पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ६७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख